प्रदर्शनको तयारीमा रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ टिजरमा व्यस्त परिवारमा जन्मिएको बच्चाको मनोभाव र उक्त परिवारको तस्विरलाई चित्रण गर्न खोजिएको बुझ्न सकिन्छ।
यो फिल्मको स्क्रिप्ट लेखन तथा निर्देशन रामजी ज्ञवालीले गरेका हुन् भने चलचित्रमा अभिनेता आमिर गौतम, सुरविना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, श्रृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेल लगायतका कलाकारको अभिनय रहेको छ।
‘यो कथा एउटा मात्रै परिवारको होइन, धेरै परिवारमा घटिरहेका घटना हो, जसलाई काल्पनिक रुपमा प्रस्तुत गरिएको हो’, निर्देशक ज्ञवालीले भने, – ‘फिल्म सार्वजनिक भएपछि हरेक परिवारले आफ्ना बच्चाबच्चीप्रति कतिसम्म हेलचेक्र्याइँले गरिएको रहेछ भन्ने थाहा हुनेछ।’
टिजर हेरेपछि चलचित्रका कथा बुझ्न खासै गाह्रो पर्दैन। सन्जित कुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारी निर्माता राजेश कुमार शाह हुन्।
राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म ‘आराध्या’मा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ। चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन्।
चलचित्रमा समावेश एउटा बाल गीतमा आरसी शाहले आवाज दिएकी छन्। उक्त गीतका गीतकार भने जीवन भण्डारी हुन्। विशाल निरौलाको म्युजिक एरेन्जमा तयार उक्त गीत चलचित्र प्रदर्शन भन्दा केहि समय अघि सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।
भिडिओ-
Shares

प्रतिक्रिया