कला


साताका ६ गीत

साताका ६ गीत

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १०:२९, काठमाडौँ

गायक रामकृष्ण ढकाल  नयाँ गीत ‘काली’ लिएर बजारमा आए।

चिन्तामणि सिवाकोटीको शब्द रहेको उक्त गीतमा दीपक शर्माले संगीत भरेका छन्।

गीतमा संगीत संयोजन भने पुरुषोत्तम सुवेदीको सुन्न सकिन्छ।

सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायक ढकालका साथमा नम्रता सापकोटा, दीपेश ढकाल र दिपेन गौतम माइकलले अभिनय गरेका छन्। 

माया गरेको मान्छेले धोका दिएपछि उत्पन्न हुने भाव गीत र म्युजिक भिडिओमा प्रस्तुत गरिएको छ।

गायक जगदीश समालले पनि यो साता नयाँ गीत बजारमा ल्याए।

उनले डीपी खनालको शब्द तथा शंकर स्माइलको संगीतमा ‘सरसर माया’बोलको गीत बजारमा ल्याए।

गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। 

रोमान्टिक शैलीको गीतको भिडिओमा नाजिर हुसेन र रविना थापाले अभिनय गरेका छन्।

भिडियोमा कलाकार रोजिना धिमाललाई पनि देख्न सकिन्छ। शान थापाको निर्देशन रहेको भिडियो अर्जुन तिवारीले खिचेका छन्। 

भिडिओमा सुप्रिम पराजुलीको सम्पादन र राजीव समरको कोरियोग्राफी रहेको छ। 

गायक नितिन गजुरेलले यो साता ‘जिन्दगीमा’बोलको गीत मार्फत बलात्कार पीडितका पक्षमा वकालत गर्ने प्रयास गरे।

रोमान्टिक शैलीमा तयार भएको सार्वजनिक गीतमा नितिनलाई गायिका अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन्। 

मुनाल शिशिर कोइरालाले लेखेको गीतमा राजेश थापाको संगीत सुन्न सकिन्छ।

गीतको भिडियोमा बलात्कृत महिलाले आत्मसम्मान र स्वाभिमानका साथ बाँच्न पाउनु पर्ने सन्देश भन्न खोजिएको छ।

भिडियोमा विजु पार्कीका साथमा सुनिशा बजागाईंले शीर्ष भूमिका निर्वाह गरेका छन्। 

उत्सव दाहालको छायांकन रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन्। भिडिओ निर्देशन मुनाल शिशिरले गरेका हुन्। 

गायिका भावना आचार्यले यो साता आफ्नो तीज गीत सार्वजनिक गरिन।

उनले ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीत बजारमा ल्याइन।

सार्वजनिक गीतमा भावनाकै शब्द संगीत सुन्न सकिन्छ। 

गीतको भिडियोमा भावनाका साथमा अशोक धिताल र दिलिप ओखेडा लगायतले कम्मर मर्काएका छन्।

गम्भीर विष्टले निर्देशन गरेको भिडियो छायांकन मुकेश हुमागाईँले गरेका हुन्।

भिडिओ सम्पादन नविन निरौलाले गरेका छन्। 

यसअघि भावनाका ‘बग्ने खोला, मुलको पानी, बोल्दैन फोटो’ लगायतका गीतले चर्चा कमाएका थिए। 

यसै साता सर्वोच्व शिखर सगरमाथाको चुचुरोमा छायांकन भएको फिफा वर्लडकपको नेपाली गीत सार्वजनिक भयो।

गीत गायक पूर्ण राईले गाएका छन्। आरोही नर्बिन मगरले लेखेको गीतमा विकास चौधरीले संगीत गरेका छन्।

सगरमाथाको चुचुरोमा पुगेर गीत रेकर्ड गराउन आरोही नर्बिन मगरको नेतृत्वमा आङदावा शेर्पा, स्वस्थानी मगर र दोर्ची शेर्पाले गाइड गरेका थिए।

त्यहाँ पुगेर गीतको भिडिओ खिच्न निकै गाह्रो भएको गायक पूर्ण राईले सुनाए।

यो टोलीले पहिलोपटक फिफा वर्लडकपको ट्रफी (रेप्लिका) फिफा सम्बद्ध २११ राष्ट्रहरूको झण्डासहित गीत सार्वजानिक तथा सुटिङ सम्पन्न गरेको हाे।

 

यसै साता धरान उपमहानगरका प्रमुख हर्कराज राई (साम्पाङ)को स्वर समावेश रहेको हाइकिङ गीत सार्वजनिक भयो।

सेवक अभियानले सुरु गरेको ‘स्वास्थ्यका लागि पदयात्रा’ अभियानलाई समेटेर बनाएको गीतमा राईले स्वर दिएका छन्। 

सार्वजनिक गीत पदयात्राका अभियन्ता राजीव हलुवाइले लेखेका हुन्।

गीतमा हर्कका साथमा  राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारको स्वर सुन्न सकिन्छ। 
गीतमा मनोज मोतेले सङ्गीत दिएका छन्। धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad