कला


पत्रकार सञ्जय घिमिरेको गैरआख्यान कृति 'पात्रहरु' विमोचन

पत्रकार सञ्जय घिमिरेको गैरआख्यान कृति 'पात्रहरु' विमोचन

नेपालखबर
साउन १४, २०७९ शनिबार २०:४१, काठमाडौँ

पत्रकार सञ्जय घिमिरेको गैरआख्यान कृति 'पात्रहरू' शनिबार काठमाडौंमा विमोचन गरिएको छ। 

पछिल्लो समय अमेरिकामा बस्दै आएका पत्रकार घिमिरेको कृतिको उनकी आमा झलकमाया घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय विष्णु निष्ठुरी र राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकार्पण गरे।

लामो समयदेखि पत्रकारितामा क्रियाशील घिमिरेको यो पहिलो कृति हो। हाल अमेरिका रहँदै आएका उनको यो कृतिको प्रकाशक साङ्‌ग्रिला बुक्स रहेको छ। 

पुस्तक विमोचनपछि अतिथिहरू निष्ठुरी र झाले सञ्जयको व्यक्तित्वमाथि चर्चा गरेका थिए।  

त्यसक्रममा कार्यक्रममा उपस्थित अर्का पत्रकार देवेन्द्र भट्टराईले सञ्जयसँगको सहकार्य स्मरण गरे। 

देवेन्द्रले निकालेका प्रसंग र सन्दर्भलाई निष्ठुरी, झा,पत्रकारहरू गोविन्द लुइँटेल र प्रतीक प्रधानले पनि थप चर्चा गरे। 

 'पात्रहरु'मार्फत सञ्जयले जीवनका भोगाइ, विभिन्न आयाम र घुम्तीहरूबारे व्याख्या गरेका छन्। 

उनले यो पुस्तकमार्फत आफ्नो जन्मथलोदेखि पहिलो कर्मथलो काठमाडौं र अहिलेको कर्मथलो अमेरिकासम्म जोडिएका अनेक सन्दर्भलाई पुस्तकमा समेटेका छन्। 

घिमिरेले पुस्तकबारे पात्रहरू सार्वजनिक गर्न पाउँदाको खुसी वर्णन गर्न नसकिने बताएका छन्। 

'मलाई जन्माउने आमा, मैले जन्माएकी छोरी, मसँग जोडिन आएकी श्रीमतीले, मबाट जन्मिएको ‘पात्रहरू’, मेरा प्रियजनलाई साक्षी राखेर सार्वजनिक गर्दाको क्षण म कसरी वर्णन गरूँ?', उनले पुस्तक सार्वजनिक भएपछि भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad