कला


प्रियंकालाई दयाहाङको भर

प्रियंकालाई दयाहाङको भर

नेपालखबर
साउन १६, २०७९ सोमबार ९:९, काठमाडौँ

अभिनेत्री प्रियंका कार्की आमा बनेपछि फिल्ममा देखिएकी छैनन्।

कोरोनाकालबाट फिल्ममा सुस्ताएकी अभिनेत्री कार्कीलाई फिल्ममा कमब्याक गर्दा दर्शकले पत्याउलान् की नपत्याउलान भन्ने चिन्ता छ।

कुनै समयकी नम्बर वान नायिकाको सूचीमा पर्ने प्रियंका अहिले कमब्याकका लागि भरपर्दो साथ खोजिरहेकी छिन्। 

प्रियंकालाई निर्देशक रामबाबु गुरुङले कमब्याक गराउने भएका छन्।

फिल्म ‘फूलबारी’ मार्फत कमब्याकको तयारीमा रहेकी प्रियंकालाई कलाकार दयाहाङ राईले साथ दिने भएका छन्। दया यो फिल्मका लागि यस अघिनै अनुबन्धित भैसकेका थिए।

कमब्याकमा प्रियंकालाई दयाकै भर रहेको छ। यो फिल्ममा अर्को अभिनेता विपिन कार्कीले पनि अभिनय गर्ने पक्का भइसकेकाे छ। 

प्रियंका फिल्ममा कमब्याकका लागि फिटनेस सेन्टर धाइरहेकी छिन्।

भदौ १३ गतेबाट छायांकनमा जाने यो फिल्ममा अरुणा कार्की, सोम खनाल पनि जोडिने चर्चा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad