अभिनेत्री केकी अधिकारी झुटो प्रचारको सिकार भएकी छिन्।
एउटा प्रोडक्टको विज्ञापनमा केकीकाे तस्बिर राख्दै झुटो प्रचार गरिएको हो।
केकीकाे दुब्लाउँदाका र गुमाउँदाको तस्बिर राख्दै उनले उक्त विज्ञापनको प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको प्रचार गरिएको छ।
केकीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो तस्बिर दुरुपयोग भएको बताएकी छिन्।
उनले फेसबुकमा लेखेकी छिन् ‘मेरो नाम र तस्बिरहरुको चरम दुरुपयोग गरेर यस्ता भ्रामक विज्ञापनमा प्रयोग गरिएको पाएकोमा यसमा कुनै सत्यता नभएको र यसमा बिश्वास नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।’
केहि समयअघि यस्तै खालको प्रोडक्टमा नायिका प्रियंका कार्कीको पनि तस्बिर दुरुपयोग भएको थियो।
प्रियंकाका तस्बिर राखेर चाँडै दुब्लाउने भन्दै विज्ञापन गरिएको थियो।
प्रियंका आफैंले उक्त प्रोडक्ट सेवन नगरेको स्पष्टिकरण दिदै समाजिक सञ्जालबाट अरुलाई सचेत गराइन्।
Shares

प्रतिक्रिया