ad ad

कला


मनोज गजुरेलको नयाँ रुप : जनार्दन शर्मादेखि राजपाक्षेसम्म

नेपालका ६ जना ‘लाजपचे नेता’लाई ‘देश डुबाउने कला’ सिकाउँदैछु– गजुरेल
मनोज गजुरेलको नयाँ रुप : जनार्दन शर्मादेखि राजपाक्षेसम्म

नेपालखबर
साउन २१, २०७९ शनिबार १६:६, काठमाडौँ

यसै साता आउन लागेको गाईजात्रा पर्वमा हास्य कलाकार मनोज गजुरेलका तीनवटा रुप देख्न पाइने भएको छ।  भौतिक रुपमा कार्यक्रम हुन छाडे पनि भर्चुअल माध्यमबाटै गजुरेलको गाईजात्रा हेर्न पाइनेछ।

यस वर्षको गाईजात्रामा हास्य कलाकार गजुरेल अर्थमन्त्री जनार्दन शर्मा बनेर प्रस्तुत हुँदैछन्। अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरणबाट विवादमा तानिएका शर्मालाई गजुरेलले यस वर्षको गाईजात्रे पात्रका रुपमा छानेका हुन्।

साउन २७ भित्र गजुरेलले शर्माको रुप धारण गरेको भिडिओ सार्वजनिक हुनेछ। शर्माको स्वरुपमा गजुरेलको यो पहिलो ‘क्यारिकेचर’ हो।

दोस्रो व्यंग्यात्मक भिडिओमा गजुरेललाई श्रीलंकाका पूर्वराष्ट्रपति एवं निवर्तमान प्रधानमन्त्री महिन्दा राजपाक्षेको सकलमा देख्न पाइनेछ। गजुरेलले व्यंग्यात्मक विषयवस्तुबारे जानकारी दिँदै नेपालखबरसँग भने, ‘म श्रीलंकाको राजपाक्षे बन्नेछु र नेपालका ६ जना लाजपचे नेताहरुलाई देश कसरी डुबाउने भन्ने कला सिकाउने छु।’

राजपाक्षेसँग शिक्षा लिने ६ नेताका रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालको क्यारिकेचर गरिने गजुरेलले जानकारी दिए।

राजपाक्षेको स्वरुपमा मनोज गजुरेल

गजुरेलले भने, ‘६ जना नेपालका लाजपचे नेताले महिन्दा राजपाक्षेसँग सम्वाद गरेको देखाइने छ।’

गजुरेलको तेस्रो प्रस्तुती चाहिँ अरबका शेखसँग नेपाली म्यानपावर कम्पनीका एजेन्टले गरेको सम्वाद प्रस्तुत गरिनेछ। नेपालका म्यानवापर कम्पनीले कसरी श्रमिकलाई ठगेका छन् र नेपाली कामदारको दुःख  गाईजात्रामा देखाइनेछ।

हास्य कलाकार गजुरेलले स्वदेशी र विदेशी धेरै नेताहरुको क्यारिकेचर गरिसकेका छन्। उनले यसअघि प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, पूर्वराजा ज्ञानेन्द्रदेखि दिएर रामदेव, नरेन्द्र मोदी, सि चिनफिङ, डोनाल्ड ट्रम्प आदिको अभिनय गरिसकेका छन्। 

यस वर्ष पनि भर्चुअल गाईजात्रा
विगतमा हरेक वर्ष गाईजात्राको अवसरमा औपचारिक कार्यक्रम नै आयोजना गरेर मनोरञ्जन दिँदै आएको सिस्नोपानीले यसवर्ष पनि भौतिक रुपमा कार्यक्रम आयोजना गर्न सकेन।

लकडाउनका कारण टुटेको यो कडी यस वर्ष पनि नजोडिने भएपछि मनोज गजुरेलले युट्युवमा तीनवटा भिडिओ अपलोड गरेर भर्चुअल रुपमा मनोरञ्जन प्रदान गर्न लागेका हुन्।

हास्य कलाकार गजुरेलले नेपालखबरसँग भने, ‘अहिले भिडिओ शुटिङ भइरहेको छ, एक–दुई दिनभित्रै काम सकिन्छ र अपलोड हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .