अभिनेता सलोन बस्नेतले झण्डै ३ वर्ष आफ्नी प्रेमिका गोप्य राखे। करिश्मा केसीसँग डेटमा रमाइरहेका सलोन आफू प्रेममा नरहेको बताउँथे। उनले गत वर्ष प्रणय दिवसमा आफ्नो प्रेम सार्वजनिक गरे। औपचारिक रूपमा करिश्मा आफ्नी प्रेमिका रहेको स्वीकार गरे।
यो जोडी प्रेममा परेको ४ वर्ष पूरा भयो। उनीहरूले आफ्नो रिलेसनसिपको सेलिब्रेसन गरेका छन्। ‘रिलेसनसिप सेलिब्रेसन’ गरेका सलोनले विवाहको तयारीमा रहेको समेत बताएका छन्। उनले आगामी २ वर्षभित्र करिश्मालाई दुलही बनाएर आफ्नो घरमा भित्र्याउने बताएका छन्।
करिश्मासँग बिहेका लागि दुवै परिवार राजी भएको सलोनले बताएका छन्। उनले भनेका छन् ‘हामीले सम्बन्धको चार वर्ष बितायौं। प्रतिबद्ध हुने निर्णयपछि गत वर्ष मात्रै रिलेसनलाई बाहिर ल्याएका हौँ।’
ढिलोमा दुई वर्षभित्र विवाह गर्ने योजनामा रहेको सलोनले सुनाए।
करिश्माले पनि सामाजिक सञ्जालमा म तिम्रो परिवार बन्ने वाचा गर्छु भनेर लेखेकी छन्। उनले रिलेसनसिपको चौथो वर्ष पार गरेको अवसरमा लेखेकी छन् ‘सधैं घाम र इन्द्रेणी हुनेछ भनेर म वाचा गर्न सक्दिनँ, तर म तिमीलाई मेरो माया, मेरो बफादारी, तिमीलाई खुसी पार्न, तिमीसँगै सपना देख्न, तिमीलाई प्रोत्साहन दिन, तिम्रो सबैभन्दा मिल्ने साथी बन्न र तिम्रो परिवार बन्ने वाचा गर्छु । म तिमीलाई माया गर्छु।’
करिश्मा पेसाले नेपाल वायुसेवा निगमकी एयर होस्टेज हुन्।
Shares

प्रतिक्रिया