कलाकार कुमार कट्टेल उर्फ जिग्री ब्रो ले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। उनले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने भएको हुन्।
यो निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र हो।
कुमारले औपचारिक रुपमा उम्मेदवारी घोषणा अघि साथीहरुसँग छलफलमा बसेको बताएका छन्।
निर्वाचन मुखैमा आइसकेकाले आफूले सम्पूर्ण तयारी गरिरहेको उनको भनाई छ।
झापा ५ कै मतदाता कुमारले उक्त क्षेत्रबाट जतिसक्दो चाँडो स्वतन्त्र उम्मेदवारीको आधिकारिक घोषणा गर्ने तयारीमा रहेको बताए। उनले स्वतन्त्र उम्मेदवार भएर जनतासँग इमान्दार रुपमा काम गर्ने चाहाना रहेको बताए।
उनले भने ‘अहिले म कुनै पार्टीमा पनि आवद्ध नभएको मान्छे।’ कुमारको उम्मेदवारी दिने तयारीसँगै सामाजिक सञ्जालमा उनको प्रचार सुरु भएको छ।
Shares

प्रतिक्रिया