चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई हल नदिएको आरोप लगाएर आफ्नो बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार नेपाली चलचित्र ‘सायरा’ निर्माण हुने जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै केसीले सो कुरा बताएका हुन्। अध्यक्ष केसीले आफू र चलचित्र विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन भनेर नकारात्मक हल्ला फैलाइ आफ्नो बदनाम गर्ने कोसिस भएको बताए।
उनले चलचित्र विकास बोर्डले चलचित्र विकासका लागि काम गरिरहेको भन्दै आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई उचाइमा पुर्याउने बताए।
अध्यक्ष केसीले नेपाली सिनेमालाई नेपालमा नै सोचेजति साथ र सहयोग नमिलेको गुनासो गरे। उनले बाहिरी देशका चलचित्रहरूले पनि नेपालमा स्थान पाउनुपर्ने तर पहिलो प्राथमिकता भने नेपाली चलचित्रलाई नै हुनुपर्ने बताए। अध्यक्ष केसीले चलचित्र क्षेत्रको विकासका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै चलचित्रका केही नीति, नियम परिवर्तन गर्न जरुरी रहेको पनि बताए।
‘नेपाली चलचित्रलाई हाम्रै देशमा सोचेजति सपोर्ट र माया मिलिरहेको छैन। संसारभरको सबै चलचित्र हाम्रो देशमा चल्नुपर्छ, हामी सबैलाई स्वागत गर्दछौँ। तर पहिलो प्राथमिकता नेपाली चलचित्रकर्मी हरुले खेलेका सिनेमालाई हुनुपर्छ,’ केसीले भने, ‘बजारमा भुवन केसीले, विकास बोर्डले नेपाली सिनेमालाई हल दिएन शो दिएन भनेर, नकारात्मक हल्ला फैलाएर मेरो बदनाम गर्ने कोसिस गरिएको छ।’
नियमअनुसार विकास बोर्डले हल नदिने भन्दै उनले नेपाली चलचित्रले ६० प्रतिशत पाउनुपर्ने बताए। ‘अहिलेसम्मको नियमअनुसार विकास बोर्डले चलचित्र हल दिने
होइन,’ केसीले भने, ‘विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत पाउनुपर्छ। नेपाली चलचित्र कमजोर छ भनेपनि सेकेन्ड सोमा झार्न सक्नुहुन्छ।’
कार्यक्रममा नेपाली चलचित्र सायरा निर्माण हुने बारेमा जानकारी गराइएको थियो। फिल्मको नाम सार्वजनिक गर्दै चलचित्रका कलाकारहरुको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो।
चलचित्र सायरामा आर्यन सिग्देल, कविता नेपाली लगायतका कलाकारहरुको अभिनय रहनेछ। चलचित्र बलिउडका विशाल देसाईले
निर्देशन गर्नुहुनेछ भने सोसल ड्रामा र लभ स्टोरीमा अधारित फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा हुनेछ।
अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा छायांकन हुने चलचित्रको कथावस्तु निर्माता रघु परियारको रहेको छ।
Shares

प्रतिक्रिया