कला


जपानमा गायिका अमृताको सुरक्षा माग गर्दै दोहोरी गीत प्रतिष्ठानमा उजुरी

जपानमा गायिका अमृताको सुरक्षा माग गर्दै  दोहोरी गीत प्रतिष्ठानमा उजुरी

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १०:२, काठमाडौँ

गायिका अमृता श्रीपालीले आफूमाथि भौतिक आक्रमण भएका भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी हालेकी छिन्। उनले धन थापा नाम गरेका व्यक्तिविरुद्ध उजुरी दिएकी हुन्। 

सांगीतिक कार्यक्रमका सिलसिलामा जापान पुगेकी गायिका अमृताले आफूमाथि थापाले ज्यादती गरेको भन्दै उजुरी दिएकी छिन्। आफूले जापान प्रवेश गरेपछिका हरेक कार्यक्रममा गाएको पारिश्रमिकको कमिसन मागेको, उनले भने यातायात खर्च समेत नदिएको, आफ्नै सहकर्मीसँग थापाले अनैतिक सम्बन्धको आरोप लगाएको लगायतका उजुरी उनको उजुरी पत्रमा उल्लेख छन्। 

उनले आफ्नो उजुरी पत्रमा उल्लेख गरेकी छिन् ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु ।’

थापाले आफू र नेपालमा रहेका आफ्नो परिवारलाई समेत मार्ने धम्की दिएकाले आफूलाई मानसिक पीडा भएको अमृताले उल्लेख गरेकी छिन्। थापाले आफ्नो स्वार्थ पूरा नहुँदा सेप्टेम्बर ११ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसेको अमृताले बताएकी छिन्। 

उनले आफूलाई उचित न्याय र सुरक्षाको प्रत्याभूति हुने वातावरण मिलाइदिन आग्रह गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad