ad ad

कला


ओस्कर अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

ओस्कर अवार्डका लागि ‘ऐना झ्यालको पुतली’ सिफारिस

नेपालखबर
असोज ३, २०७९ सोमबार २०:४२, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ। अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो। 

सुजित बिडारी लिखित÷निर्देशित ‘ऐना झ्यालको पुतली’लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

समितिले निर्धारित मितिसम्म आवेदन परेका तीन फिल्मबाट ‘ऐना झ्यालको पुतली’लाई सफिारिस गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाएको छ। तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी निर्णय गरेको समितिले जनाइएको छ। अर्को दुई फिल्म ‘प्रकाश’ र ‘राधा’को पनि आवेदन परेको थियो। 

विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ। 

चलचित्रबारे
नेपालको ग्रामिण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ एउटा भाइको रहको कथा, एउटी दिदीको सपनाको कथा, एउटी आमाको संघर्षको कथा हो। दिग्गज व्यक्तित्व तथा चलचित्रप्रेमीले यस चलचित्रलाई ‘आफ्नै परिवेश र माटोको कथा बोकेको तथा शैलीगत रुपमा पनि उत्कृष्ट नेपाली चलचित्रको रुपमा प्रशंसा गरिरहेका छन्।

चलचित्रमा देखिएका कञ्चन चिमरिया (लक्ष्मी), दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, बिषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन्। रङ्गकर्मी तथा चलचित्रकर्मी केदार श्रेष्ठ र आकाश मगर कास्टिङ निर्देशक हुन्।

भाद्र २४ देखि देशैभरको हलहरुमा चलिरहेको ‘ऐना झ्यालको पुतली’ लोकल सिनेमाको ब्यानरमा आइसफल प्रोडक्सन र अर्को फिल्मको सहकार्यमा निर्माण भएको हो। यसका निर्माता प्रवीण स्याङ्बो, आकाश पोडेल, सुजित बिडारी र रामकृष्ण पोखरेल हुन्।

साथै यसमा अमर महर्जनको छायाँकन, कला संग्रौलाको निर्माण परिकल्पना, किशोर आचार्यको ध्वनि परिकल्पना, पुष्प संगीतको पाश्र्व संगीत, जानकी कडायतको भेषभुषा परिकल्पना रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .