बलिउड अभिनेत्री मानुषी चिल्लर नेपाल आएकी छिन्। पूर्वविश्व सुन्दरी समेत रहेकी चिल्लर यतिबेला काठमाडौंमा छिन्।
उनी टीजीआइएफ फेसन सप्ताहमा सहभागी हुनका लागि नेपाल आएकी हुन्। चिल्लर आइतबार साँझ काठमाडौंको हायात होटलमा र्यापमा देखिएकी छिन्।
शिवांगी प्रधानको पहिरनमा रनवेमा देखिएकी चिल्लर शोज स्टपरको रुपमा प्रस्तुत भएकी थिइन्।
उक्त रनवेमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्की पनि देखिएका थिए। न्यूडले प्रस्तुत गरेको पहिरनमा प्रस्तुत भएका करिश्मा र सुष्मा पनि निक्कै आकर्षक देखिएका थिए।
टीजीआइएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिव्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।
105
Shares
प्रतिक्रिया