कला


महामारीपछि पहिलोपटक नेपालबाहिर प्रस्तुती दिँदै नेपथ्य

महामारीपछि पहिलोपटक नेपालबाहिर प्रस्तुती दिँदै नेपथ्य

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १२:२५, काठमाडौँ

कोभिड–१९ को महामारीको कारण लामो समयसम्म विदेशमा कुनै कार्यक्रम नगरेको नेपथ्यले दुबईमा आफ्नो प्रस्तुती दिने भएको छ।

नेपथ्य आगामी कात्तिक २० गते दुबईमा प्रस्तुत हुन लागेको हो। नेपाली कामदारको एक महत्वपूर्ण स्थलको रुपमा चिनिएको दुबईमा चाडबाडकै अवसरमा प्रस्तुती दिन लागेको हो। 

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरि यसपटक हामी फेरि पुरै जोश र जाँगरका साथ दुबइ आउँदैछौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन्।’

नेपथ्यले २०१५ को भूकम्पलगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो। पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिति जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबइ कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो।

‘त्योबेला शोककै क्षण आयोजित भएता पनि झण्डै दुइ हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्युजिक भिडिओ पनि तयार पारेका थियौं।’

त्यसको चार वर्षपछि सन् २०१९को मार्च महिनामा दोश्रोपटक नेपथ्य दुबइ पुगेको थियो।

अहिले गर्न लागिएको दुबई कन्सर्टको टिकट आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ।

स्थानीय आयोजकका अनुसार दुबईमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० यूएई दिरहम राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad