ad ad

कला


अपूर्वलाई माफी दिनुपर्छ : हरिवंश आचार्य

अपूर्वलाई माफी दिनुपर्छ : हरिवंश आचार्य

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १६:४६, काठमाडौँ

वरिष्ठ कलाकार हरिवंश आचार्यले कमेडियन अपूर्वक्षितिजलाई माफी दिनु पर्ने बताएका छन्।

उनले माफी मागिसकेकाले उनलाई माफी दिनुपर्ने आचार्यको तर्क छ।

बिहीबार बिहान भएको एक भेटमा आचार्यले भने ‘उहाँले माफी मागी सक्नु भयो। एउटा मानिसलाई त्यसरी राखिराख्नु जरुरी होइन। माफी माग्नु भन्दा दिनु महानता हो। समाजमा केही नराम्रो भयो होला। पत्रिकाले सम्पादकीयनै लेख्नु पर्ने गरी एउटा व्यक्तिमाथि रिसिबी साध्नु हुँदैन। उहाँलाई माफी दियो भने अरु काम गर्नु हुन्छ। यस्तो गर्नु हुँदैन भन्ने सचेतना उहाँमा आइसक्यो, यो नै ठूलो कुरा हो।’

‘स्ट्यान्डअप कमेडियन’का नाममा पक्राउ परेका अपूर्वलाई यसअघि १२ दिन हिरासतमा राखेर छोडिएको थियो। हिजो मंगलबार पुनः उनलाई प्रहरीले पक्राउ गर्यो। अपूर्वले भने आफूले गरेको कमेडी युट्युबबाट हटाएर माफी समेत मागिसकेका छन्। 

स्ट्यान्ड अप कमेडी गर्दा नेवा समुदायमाथि चोट पुराएको भन्दै पक्राउ परेका उनी विरुद्ध  चारवटा जाहेरी परेका थिए। गत भदौ १२ गते पक्राउ परेका उनलाई कोरोना संक्रमण भएपछि भदौ २३ मा तारेखमा छोडिएको थियो। 

कमेडी क्याफेको आयोजनामा भएको स्ट्यान्ड–अप कमेडीको भिडिओ भदौ १० गते युट्युबमा हालिएको थियो। ‘नेवारको परम्परा’ शिर्षक राखिएको उक्त भिडिओ राखेको २४ घण्टा नबित्दै आलोचना र विरोध सुरु भएपछि हटाइएको थियो।

भिडिओ हटाउँदै सामाजिक सञ्जाल मार्फत माफी समेत मागेका थिए। तर अभियान्ताहरुले माफी हुन नसक्ने भन्दै जाहेरी दिएका थिए। 

जमानीमा छाडिएका र आफैँ हाजिर हुन पुगेका सिंहलाई पुनः हिरासतमा राखेपछि अहिले चौतर्फी आलोचना भैरहेको छ।

यसै सन्दर्भमा वरिष्ठ कलाकार आचार्यले पनि माफी दिनु पर्ने बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .