कला


नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक सूची र मञ्चन तालिका सार्वजनिक

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक सूची र मञ्चन तालिका सार्वजनिक

नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १४:२०, काठमाडौँ

‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः विविधिताको उत्सव’ नारासहित हुन लागेको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव-२०७९ (निटफेस्ट) मा विश्वभरिबाट छनोट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ। 

आउँदो मंसिर ९ गते सुरु हुने महोत्सवमा छनोट भएका २२ नाटकको सूची तथा ती नाटकको मञ्चन तालिका महोत्सवको आधिकारिक वेभसाइट (www.nitfest.org) मार्फत सार्वजनिक भएको हो। मञ्चन तालिकाअनुसार २२ नाटकको महोत्सवमा कूल ३२ मञ्चन हुनेछन्।

आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन्। 

तालिकाअनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन्। महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ। 

महोत्सव मंसिर ९ देखि १७ गतेसम्म चल्ने छ। उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन्। उद्घाटन मंसिर ९ गते दिउँसो १:३० बजे र समापन मंसिर १७ गते साँझ ७:३० बजे हुनेछ। 

नाटकको सूची र मञ्चन तालिका सार्वजनिक भएसँगै निटफेस्ट दोस्रो संस्करणको महोत्सव निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बाले नाटकहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई कलाप्रेमीहरुले आफ्नो समयको महोत्सव बनाउनेछन् भन्ने विश्वास व्यक्त गरेकी छन्। 

सुब्बाले विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता यस महोत्सव रहेको उल्लेख गर्दै यस कार्यलाई साथ, समर्थन र सहयोगको आह्वान गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad