अभिनेत्री प्रियंका कार्कीले शीर्ष भूमिकामा रहेर तथा थ्रिलर अभिनय गरेको हरर फिल्म ‘चिँ मुसी चिँ’ले रिलिज डेट लक गरेको छ। यो फिल्म आगामी पुस १५ मा रिलिज हुने भएको हो।
फिल्ममा प्रियंकाका साथमा ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी र राजन खतिवडाले शिर्ष भूमिका निर्वाह गरेका छन्।
फिल्मको रिलिज मिति घोषणा गर्दै निर्माता अरुण चक्रवर्तीले यो फिल्मले नेपालमा हरर तथा थ्रिलर शैलीको ट्रेन्ड स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। फिल्म निर्देशनमा जेम्स र यश सैनीले सहकार्य गरेका छन्।
नेपाली र बलिउड प्रविधिको सहकार्यमा निर्माण भएको फिल्ममार्फत दर्शकले नयाँपन महसुस गर्न पाउने निर्माण टिमले जनाएको छ। रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्तीले फिल्ममा लगानी गरेका हुन्।
117
Shares

प्रतिक्रिया