अभिनेत्री आँचल शर्मा अहिले सुटिङमा व्यस्त छिन्। आँचल विकाशराज आचार्यको फिल्म ‘नाइँ नभन्नु ल ६’को सुटिङमा छिन्। यही फिल्मको ब्यानरबाट आँचलले ठूलो पर्दामा डेब्यू गरेकी थिइन्।
यो फिल्ममा आँचल शीर्ष भूमिकामा देखिने छिन्। फिल्मको छायांकन सेटबाट आँचलले एउटा तस्बिर सार्वजनिक गरेकी छन्। क्यामराको साथमा प्रफुल्ल मुद्रामा देखिएकी आँचलले क्याप्सनमा लेखेकी छन् ‘नाइँ नभन्नु ल ६।’
यो फिल्ममा आँचललाई आशिर्वाद बरालले जोडीका रुपमा साथ दिनेछन्।
फिल्ममा केकी अधिकारी पनि विशेष रोलमा देखिने छन्। केकी पनि केही दिनदेखि फिल्मको छायांकनका लागि झापामा छिन्। फिल्ममा केकीले अभिनय गर्ने चर्चा भने थिएन। एकैपटक फिल्मको छायांकन सुरु भएपछि उनले पनि विशेष भूमिकामा देखिने कुरा सार्वजनिक गरिएको हो।
विकाशराज आचार्यको निर्देशनमा छायांकन भैरहेको यो फिल्म आगामी वैशाख १ गतेबाट रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।
फिल्ममा पटकथा लेखनमा निर्देशक आचार्यसँग सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले सहकार्य गरेका छन्। आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सिविन दाहाल र सञ्जय न्यौपानेले लगानी गरेका छन्।
Shares
प्रतिक्रिया