कला


अस्करबाट बाहिरिए ऐना झ्यालको पुतली र लोरी

अस्करबाट बाहिरिए ऐना झ्यालको पुतली र लोरी

नेपालखबर
पुस ८, २०७९ शुक्रबार ७:३०, काठमाडौँ

अस्कर प्रतिस्पर्धाबाट नेपाली फिचर फिल्म ‘ऐना झ्यालको पुतली’ र सर्ट फिल्म ‘लोरी’ बाहिरिएका छन्। एकेडेमी अवार्डको ९५ औं संस्करणका लागि अस्करले १० मनोनयन घोषणा गरेसँगै नेपाली फिल्म प्रतियोगीताबाट बाहिरिएका हुन्। 

डकुमेन्ट्री, इन्टरनेसनल फिचर, मेकअप, हेयरस्टाइल, मौलिक गीत, ओरजिनल स्कोर, एनिमेटेड सट्, लाइभ–एक्सन, ध्वनी र भिजुअल इफेक्ट विधाका लागि मनोनयन सार्वजनिक भएको छ।  यो सार्वजनिक सूचीमा नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा सिफारिस ‘ऐना झ्यालको पुतली’ र लाइभ एक्सन सर्ट फिल्म विधामा सिफारिस ‘लोरी’ दुवै अटाउन सकेनन्। 

यो वर्ष अस्करमा पाकिस्तानी फिल्म ‘जोयल्याण्ड’ र भारतीय फिल्म ‘लास्ट फिल्म शो’ (छल्लो शो) मनोनित भएका छन् । मौलिक गीततर्फ भारतीय फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ मनोनयन भएको छ।

अस्करले प्रत्येक विधामा १५ फिल्मको मनोनयन सूची सार्वजनिक गरेको छ। आगामी जनवरी १२ देखि १७ सम्म पुनः मतदान गर्दै अन्तिम पाँच मनोनित हुनेछन्। अस्कर अवार्ड समारोह मार्च १२ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad