कला


तुनिषा आत्महत्या प्रकरणमा प्रहरीको नयाँ तथ्य : शिजनसँग कुरा गरेपछि झुन्डिइन्

तुनिषा आत्महत्या प्रकरणमा प्रहरीको नयाँ तथ्य : शिजनसँग कुरा गरेपछि झुन्डिइन्

नेपालखबर
पुस १४, २०७९ बिहिबार १०:३७, काठमाडौँ

टीभी अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ। तुनिषा आत्महत्या प्रकरणमा पक्राउ परेका शिजन खानले अर्की प्रेमिकासँग डेट गरिरहेको तथ्य फेला परेको हो। मुम्बई प्रहरीले खानको नयाँ प्रेमिका भेटिएको बताएको छ।

प्रहरीले आरोपित खानको २५० देखि ३०० पृष्ठको ह्वाट्सएप च्याट अनुसन्धान गरेको थियो। शिजनले नयाँ प्रेमिकासँगको गोप्य च्याट डिलिट गरेका थिए। उनकी नयाँ प्रेमिका पनि एक टीभी सिरियलकी अभिनेत्री भएको खुलेको छ। उनी मुम्बईमा बस्ने गरेको पनि प्रहरीले पत्ता लगाएको छ।

डिसेम्बर २४ मा तुनिषाले सुटिङ सेटमा झुन्डिएर आत्महत्या गरेकी थिइन्। टीभी अभिनेत्री तुनिषाले आत्महत्या गरेको केही घण्टापछि उनकी आमाको उजुरीमा उनका सह–कलाकार शिजन मोहम्मद खानलाई प्रहरीले पक्राउ गरेको थियो । शिजनलाई आत्महत्या दुरुत्साहन मुद्दामा ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ। 

बुधबार अदालतले थप दुई दिन प्रहरी हिरासतमा राखेको छ। शिजन र तुनिषा करिब ४ महिनादेखि एकअर्कालाई डेट गरिरहेका थिए। नायिकाको आत्महत्याको १५ दिनअघि दुवैको ब्रेकअप भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad