ad ad

कला


अनमोललाई अतिथि बनाएपछि भुवनको विरोध

अनमोललाई अतिथि बनाएपछि भुवनको विरोध

नेपालखबर
माघ १७, २०७९ मंगलबार ९:४८, काठमाडौँ

नेपाल चलचित्र विकास बोर्डले सूर्य कर्पोरेसनसँग मिलेर गर्न लागेको ‘नेपाल्स् सिनेमा फेस्ट २०२३’ विवादमा परेको छ। आगामी फेब्रुअरी १२ देखि १५ सम्म दुबईमा हुन लागेको यो फेस्टलाई नेपाली फिल्म ‘महापुरुष’ टिमले त बहिष्कार नै गरेको छ।

सोमबार प्रेस विज्ञप्ति नै जारी गरेर फेस्टमा आफ्नो फिल्म नदेखाउन भनेको महापुरुष टिमले फेस्टप्रति प्रश्नसमेत उठाएको छ। बोर्डको नेतृत्व सम्हाल्न पुगेसँगै विवादमा तानिएका भुवन केसी सूर्य कर्पोरेसनसँग गरेको यो सहकार्यले अर्को विवादमा तानिएका छन्।

विवादित कम्पनीलाई फेस्टिभल गर्ने जिम्मा दिएको सार्वजनिक भएपछि मिडियादेखि फिल्म क्षेत्रका जिम्मेवार मानिसहरुले निरन्तर प्रश्न उठाइरहेका छन्। वैदेशिक रोजगार विभागले छापा मार्दा ८० भन्दा बढी राहदानी फेला पारेको थियो भने विदेशमा कामदारको रूपमा पठाउने भन्दै रकम लिएको कागजपत्र समेत फेला परेको सूर्य कर्पोरेसनसँगको सहकार्यले भुवनप्रति प्रश्न तेर्सिनु स्वाभाविक नै हो। 

सूर्य कर्पोरेसन र भुवनबीच व्यावसायीक सम्बन्ध पहिलाबाटै रहेको भन्दै टिप्पणी भइरहको छ। दुबईको स्टार सिनेमा (अल घुरैर सेन्टर) मा हुने फेस्टिभलमा नेपाली फिल्महरू ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’, ‘महापुरुष’ फिल्म प्रदर्शन गर्ने भनेर प्रचार भइरहेका बेला महापुरुष टिमले आफ्नो फिल्म नदेखाउन भनिसकेको छ। अन्य दुई फिल्म भने प्रदर्शन हुने भएका छन्।

बाबु आयोजक भएको कार्यक्रममा छोरा अनमोल केसी अतिथिका रुपमा जाने भएका छन्। योसँगै भुवनको झन् धेरै विरोध सुरु भएको छ। फिल्म उद्योगमा लामो समयदेखि बहसको विषय बनिरहेको नातावाद र कृपावादलाई भुवनले आफैँ आयोजक भएको अवार्डमा छोरालाई अतिथिका रूपमा राखेर त्यही कुरालाई प्रमाणित गरेको भन्दै केसीको विरोध भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .