कला


गोविन्दाले सुनाए फ्यानको प्रेम, भने– धनी परिवारकी केटी मेरो घरमा कामदार भएर बसिन्

गोविन्दाले सुनाए फ्यानको प्रेम, भने– धनी परिवारकी केटी मेरो घरमा कामदार भएर बसिन्

नेपालखबर
फागुन २४, २०७९ बुधबार १२:४५, काठमाडौँ

बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित अभिनेता हुन्। गोविन्दाका धेरै फ्यान थिए। उनीसँग विवाह गर्न चाहने धेरै महिला फ्यान थिए। हालैको एक अन्तर्वार्तामा गोविन्दा र उनकी श्रीमती सुनिताले एक महिला फ्यानले देखाएको प्रेमबारे बोलेका छन्। ती महिलाले आफ्नो परिचय परिवर्तन गरेर गोविन्दाको घरमा घरेलु कामदारका रुपमा काम गर्न गएकी थिइन्। 

एक दिन सुनिताले ती केटीलाई शंका गरिन्। खोज्दै जाँदा उनको असली परिचय खुल्यो। उनी धेरै धनी परिवारकी सदस्य थिइन्। उनको बुवाको निकै सम्पत्ति थियो। त्यो समय सुनिता र गोविन्दाको विवाह सार्वजनिक गरिएको थिएन। 

बलिउड बबलसँगको कुराकानीमा गोविन्दाले भनेका छन्, ‘एक दिन मैले उनलाई मेरो घरबाहिर उभिरहेको देखें। मैले उसलाई सोधेँ- तिमीलाई जागिर चाहिएको छ? उनले ‘हो’ भनेपछि आमालाई सोधे- त्यतिबेला घरको सबै काम आमाले नै गर्नुहुन्थ्यो। मेरी आमाले उनलाई घरको सहयोगको काम दिनुभयो।’

गोविन्दाले अगाडि भने, ‘केटी आफ्नो काममा अब्बल थिइन् तर म घरमा हुँदा उनी निकै सक्रिय हुन्थिन्। मेरी श्रीमती सुनितालाई उनको व्यवहारमा शंका लाग्यो, उनलाई केही गडबड भएको महसुस भयो। त्यसपछि एक दिन सुनिताले केटीलाई भेटिन् र उनी को हो भनेर सोधिन्।’ 

गोविन्दाकी श्रीमती सुनिताले भनिन्, ‘एकदिन उनी फोनमा कुरा गरिरहेकी थिइन्, त्यसैले मैले उनको फोन खोसेँ। उनी आफ्ना बुबासँग कुरा गरिरहेकी थिइन् जब मैले थाहा पाएँ- उनी धेरै ठूलो परिवारबाट आएकी हुन् र उनको बुबासँग ८ वटा कार छन्। तर उनी गोविन्दाको ठूलो फ्यान भएकाले उनी उनीसँगै हुन चाहन्थिन्।’ 

सुनिता र गोविन्दाको विवाह ११ मार्च १९८७ मा भएको थियो। तर दम्पतीले छोरी टिना १ वर्षकी हुँदासम्म विवाहको तथ्य लुकाएका थिए। उनीहरुले छोरीको पहिलो जन्मदिनमा मात्रै विवाहको खुलासा गरेका थिए।

सुनिताले भनिन्, ‘हामीले सन् १९८७ मा विवाह गरेका थियौं। त्यतिबेला गोविन्दा करियरको शिखरमा थिए। त्यो समय हिरोले बिहे गरेपछि उनको फ्यान फलोइङ पनि कम हुन्छ भन्ने गरिन्थ्यो। त्यसपछि मैले उनलाई भनेँ– एक वर्षसम्म जति फिल्म साइन गर। तबसम्म हामी चुप लागेर बस्छौँ। म चुपचाप कोठामा बसेँ। जब हाम्रो छोरी जन्मियो, हामीले उनको पहिलो जन्मदिनमा हाम्रो विवाहको खुलासा गर्‍यौँ।’

सुनिताले गोविन्दा एकदमै राम्रो मान्छे भएको उल्लेख गरेकी छन्। उनले आफूले जीवनमा सधैं माया मागेको र गोविन्दाले सबैथोक दिएको बताइन्। उनीहरुको वैवाहिक यात्राले ३६ वर्ष पार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad