कला


आउने भयो ‘पर्खिबसेँ २’

आउने भयो ‘पर्खिबसेँ २’

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ६:३६,

गोपीकृष्ण मुभिजको व्यानरमा निर्मित सुपरहिट फिल्म ‘पर्खिबसें’ को नयाँ सिरिज आउने भएको छ। गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा यो फिल्म निर्माण गर्न लागेको हो।

गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटाबीच बिहीबार सहमति भएको हो। फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तीर्थप्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन्। २०६४ को चैत अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘पर्खिबसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन्। फिल्ममा कथा पनि उनकै रहनेछ।

पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए। फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ। फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ। यसको पहिलो सिरिजमा राजबल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो।

उक्त समयमा यसको गीतसंगीतलाई दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो। गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ‘माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जाँदैछ। त्यसपछि यो टिमको ‘पर्खिबसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ। १३ वर्षपछि यसको दोस्रो सिरज आउन लागेको हो। यो फिल्म अगामी वर्ष रिलिज गर्नेगरी तयारी भइरहेको बताइएको छ।

हिट फिल्मको सिरिज निर्देशन गर्न पाउनु आफूलाई अवसर र चुनौति दुबै भएको निर्देशक चौधरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad