कला


जनकको घर ज्वाइँमा दया र मिरुना

जनकको घर ज्वाइँमा दया र मिरुना

नेपालखबर
साउन २८, २०८० आइतबार २०:०, काठमाडौँ

पछिल्लो समय नेपाली फिल्म उद्योगका जोडी दयाहाङ राई र मिरुना मगरलाई दर्शकले रुचाएका छन्। फिल्म ‘कबड्डी ४’बाट सहकार्य गरेका यो जोडीका लागि अर्को फिल्म ‘जारी’ लक्की सावित भयो। फिल्म सफल भयो। फिल्म भन्दा धेरै दया र मिरुनाको जोडी हिट भयो। 

त्यसपछि यो जोडीले थुप्रै फिल्ममा सहकार्य गरिरहेका छन्। दया र मिरुनाको ‘नांगो गाउँ’प्रदर्शनको तयारीमा छ। भदौको तेस्रो सातादेखि फ्लोरमा जाने तयारीमा छ ‘रंगेल ग्याङस्टर’मा पनि यो जोडीले स्क्रिन शेयर गर्ने छ। 

नयाँ निर्माता जनकघर्ती मगरले पनि दया र मिरुनाको जोडीलाई लिएर फिल्म ‘घर ज्वाइँ’ निर्माण गर्ने भएका छन्। दया पहिले नै फिल्ममा अनुबन्ध भइसकेका थिए। दुईदिन अघि जनकले मिरुनालाई भित्राएका छन्।

जनकले मिरुनालाई फिल्ममा अनुबन्ध गरिएको पुष्टि गरेका छन्। जनक भन्छन्, ‘दया र मिरुनाबाहेक बुद्धि तामाङ र शिशिर वाङ्देल पनि फिल्ममा फाइनल हुनु भएको छ।


अब फिल्मको मुख्य कलाकार लगभग फाइनल भएको छ। अब प्रिप्रडक्सनको काम सुरु गर्छौँ।’ यो फिल्मलाई अनिल मगरले निर्देशन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .