ad ad

कला


रंगकर्मी विमलले पाए थाइल्याण्डमा क्रिएटिभ डिरेक्टर अवार्ड

रंगकर्मी विमलले पाए थाइल्याण्डमा क्रिएटिभ डिरेक्टर अवार्ड

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १५:२७, काठमाडौँ

रंगकर्मी विमल सुवेदीलाई थाइल्याण्डमा ‘हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड’ को मोस्ट क्रिएटिभ डरेक्टर अवार्ड प्रदान गरिएको छ। इ प्लानेट इन्टरनेशनल सिंगापुर र थाइल्याण्डको संस्थाले आयोजना गरेको अवार्डका लागि संसारभरका ३० बढी देशबाट ८ हजार ९७० दाबेदार थिए। यी सबैलाई उछिन्दै विमलले सो अवार्ड हात पारेका हुन्।

केन्याका राजदूतश्री लिन्ड्से किमवलकिपतिनेस र मंगोलिया राजदूतावासका प्रतिनिधिले संयुक्त रुपमा विमल सुवेदीलाई अवार्ड हस्तान्तरण गरिन्। 

विमलले यसघि पनि भारतबाट ओटिजी अन्तर्राष्ट्रिय अवार्ड, मेटा अवार्ड र मलेसियाबाट अन्तर्राष्ट्रिय हेरिटिज अवार्ड प्राप्त गरेका थिए। यसबाहेक उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न अवार्ड हात पारिसकेका छन्।

अभिनयबाट आफ्नो यात्रा सुरु गरेका विमल नाट्य निर्देशनमा सफल निर्देशक हुन्। दिल्लीको नेसनल स्कुल अफ ड्रामाका ग्य्राजुएट विमल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित नाम हो। उनको लेखन तथा निर्देशन रहेका नाटक २५ भन्दा बढी देशका मञ्चमा प्रस्तुत भइसकेका छन्। विमल सुवेदी थिएटर भिलेज नेपालका फाउण्डर तथा निर्देशक पनि हुन्।

विमलका नाटकमा मनोरञ्जनभन्दा पनि सामाजिक अवस्था, सीमान्तकृतको आवाज तथा समसायिक कुराको मिश्रण पाइन्छ। यही कारण उनका नाटक देशसँगै विदेशका मञ्चमा पनि प्रशंसित छन्।

सन् २०१३ मा विमलले थाइल्याण्डमा ४ हजार भन्दा बढीको संख्यामा रहेका महिला कैदीलाई थाइल्याण्डकै केन्द्रीय जेलभित्रै थिएटर फर रिह्याविलिटेशन वर्कशप गरेका थिए। जसले उनीहरूमाथि परिवर्तनकारी काम गरेको थियो। यस कामको थाइल्यान्डको प्रेसले पनि प्रशंसा गरेको थियो।

विमलका यस्ता धेरै काम र उनको २० वर्ष लामो योगदानको कदर गर्दै थाइल्याण्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत मोस्ट क्रिएटिभ डिरेक्टर अवार्ड २०२३ प्राप्त गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .