कला


२० करोडमा बनेको साउथ फिल्म ‘हनुमान’ले कमायो २५० करोड

पौराणिक कथामा बनेका साउथ फिल्म किन हुँदैछन् हिट?
२० करोडमा बनेको साउथ फिल्म ‘हनुमान’ले कमायो २५० करोड

नेपालखबर
माघ १५, २०८० सोमबार १३:१३, काठमाडौँ

दक्षिण भारतीय फिल्म उद्योगमा लगातार पौराणिक कथामा फिल्म बन्ने क्रम बढ्दो छ।

जुन फिल्महरूले बक्सअफिसमा पनि मनग्य कमाइ गरिरहेका छन्। अहिलेको ट्रेन्ट हेर्दा सानो बजेटमा बनेका पौराणिक फिल्म पनि सपप्राइज रुपमा हिट भइरहेका छन्। 

हाल प्रदर्शनरत साउथ फिल्म 'हनुमान' ले पनि बक्सअफिसमा कमाल गरिरहेको छ। यस फिल्मले रिलिजको १५ औं दिनमा विश्वभर २५० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। जबकी यो फिल्म २० करोड भारुमा बनेको थियो। 

फिल्मको सफलता देखेर अब निर्माताले हनुमानको सिक्वेल बनाउन लागेका छन्। जसको लागि उनीहरु एक हजार करोड भारु खर्च गर्नसमेत तयार छन्। 

भूत कोला परम्परामा आधारित ऋषभ शेट्टीको ‘कान्तारा’ होस् वा भगवान कृष्णमा आधारित ‘कार्तिकेय २’। साउथमा बनेका यी फिल्मले अहिले भारतमा मात्रै नभई विश्वभर पनि आक्रामक कलेक्सन गरिरहेका छन्। 

जनवरी १२ बाट रिलिज भएको हनुमानले घरेलु बक्सअफिसमा भने १७२.५० करोड भारु कमाइसकेको छ। प्रशान्त बर्मा निर्देशित यस फिल्ममा तेजा सज्जा र अमृता एयरको मुख्य भूमिका रहेको छ। 

चलचित्र व्यापार विश्लेषक सुमित कँडेलले चलचित्रको सफलताबारे सामाजिक सञ्जालमा लेखेका छन्, 'विश्वास, भक्ति, हास्य, भावना र एक्सनको उत्कृष्ट संयोजन रहेको यो चलचित्रले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।'

साउथ निर्माताले सत्यताका साथ फिल्म बनाउने कारण कम बजेटका पौराणिक फिल्म हिट भइरहेको ट्रेड एनालिस्ट तरण आदर्श बताउँछन्। 

‘हनुमान निकै अचम्मको फिल्म हो। यो कथासँगै उनले फिल्ममा समावेश गरेको हनुमानजीको चरित्र पनि साँच्चै प्रशंसनीय छ। फिल्मको अन्त्य निकै गजबको छ। समग्रमा निर्माताहरूले हाम्रो धर्मलाई पूर्ण सत्यताका साथ प्रस्तुत गरेका छन्।' उनले भनेका छन्। 

साउथमा पौराणिक फिल्मको ट्रेन्डबारे तरणले भने, ‘दक्षिणका निर्माताहरूले मात्रै पौराणिक फिल्म मात्र बनाउँछन् भन्ने होइन। तर, यो सत्य हो, उनीहरूले सबैको भावनालाई ध्यानमा राख्दै पूर्ण इमान्दारीका साथ निर्माण गर्छन्, उनले भने, 'हामीले आदिपुरुषमा गरेझैँ अनावश्यक ट्र्याकहरू थप्दैनन्। हामीले ‘रामायण’ को नाममा ५०० करोडमा यति धेरै हास्यास्पद फिल्म बनाएका थियौं। जबकि तपाईले साउथको ‘हनुमान’ र ‘कार्तिकेय-२’ हेर्नुभयो।'

हनुमानसँगै कट्रिना कैफ र विजय सेतुपति स्टारर फिल्म 'मेरी क्रिसमस' पनि रिलिज भएको थियो। कट्रिना र विजयजस्ता ठूला स्टारको कारण यस फिल्मबाट धेरै आशा राखिएको थियो। तर, फिल्मले खासै कमाइ गर्न सकेन। 

त्यस्तै, धनुष स्टारर ‘क्याप्टेन मिलर’ पनि रिलिज भएको थियो यस फिल्मले १५ दिनमा ११५ करोड कमाएको छ। यसको बजेट करिब ५०–६० करोड हो।

यसबाहेक महेश बाबुको ‘गुन्टुर करम’ पनि रिलिज भएको थियो। जसले पहिलो दिन ९४ करोड भारुको रेकर्ड तोडेको थियो। फिल्मले १५ दिनमा विश्वभर २५० करोड कमाएपनि अहिले कलेक्शन घटेको छ। ‘हनुमान’ को कलेक्सन सुस्ताउने छाँटकाट छैन। 

तर, सन् २०२२ मा रिलिज भएको सामन्था स्टारर 'शाकुन्तलम' भने फ्लप भएको थियो। यो फिल्म प्रभु कालिदासको नाटक 'अभिज्ञान शाकुन्तलम' मा आधारित थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad