कला


बद्री पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ (भिडिओ)

बद्री पंगेनी र शान्ती भण्डारीको ‘चोली फेर्ने माया’ (भिडिओ)

नेपालखबर
माघ १९, २०८० शुक्रबार १७:२८, काठमाडौँ

बद्री पंगेनी र शान्ती भण्डारीको स्वरमा रहेको चोली फेर्ने मायाको म्युजिक भिडिओ सार्वजनिक भएको छ। शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत र भिडिओ सार्वजनिक गरिएको हो।

सार्वजनिक समारोहमा बोल्दै गायक बद्रि पंगेनीले आजभोलि गीत नहेर्ने, सेयर गरिहाल्ने परम्परा विकसित हुँदै गएकोप्रति दुःख व्यक्त गरे। उनले एउटा सर्जकले गीत लेख्दा धेरै मेहनत गरेको हुने भन्दै सबैले प्रतिक्रिया दिन आग्रह गरे।

कार्यक्रममा अभिनेता पुष्प खड्काले लोक गीत नेपालको मौलिक संस्कृति र पहिचान भएको बताए। लोक गीत चलचित्रबाट कहिल्यै टाढा नहुने बताए।

कार्यक्रममा बोल्दै गायक शिव हमालले चोली फेर्ने माया उत्कृष्ट कलाकारहरूबाट भरिपूर्ण र भाग्यमानी गीत भएको बताए।

गीतमा शिव हमालको शब्द रचना र संगीत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad