कला


अनमोल स्टारर ‘फर्की फर्की’ सँग भिड्दै पूजाको ‘दान्भी’

अनमोल स्टारर ‘फर्की फर्की’ सँग भिड्दै पूजाको ‘दान्भी’

नेपालखबर
फागुन २५, २०८० शुक्रबार २०:५८, काठमाडौँ

महाशिवरात्री तथा अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर एक्सन फिल्म ‘दान्भी’ को प्रदर्शन मिति तय भएको छ।

पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुनेछ।

जेठ १० गते बुद्ध जयन्तीको सार्वजनिक बिदा समेत भएकाले फिल्म यो फिल्म बिहिबारबाट रिलिज हुनेछ। सोहीदिन अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ समेत रिलिज हुँदैछ।

जसकारण दुवै फिल्मबीच बक्सअफिसमा कडा भिडन्त हुने निश्चित छ।

दान्भीमा पूजा एक्सन अवतारमा देखिएकी छिन्। यस फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजमले अभिनय गरेका छन्। फिल्ममा किरण श्रेष्ठको पनि मुख्य भूमिका छ।

देव मगर, अनुप गडाल निर्माता रहेको फिल्मको छायाङ्कन नेपाल र भारतमा गरिएको हो। पवन राना मगर यस फिल्मका कार्यकारी निर्माताको रुपमा छन्।

लभ स्टोरी फिल्ममा रुचाइएकी नायिका पूजा शर्माले पहिलो पटक ‘दान्भी’ मार्फत पहिलोपटक एक्सन अवतारमा देखिएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad