चर्चित युट्युबर एल्विश यादवलाई गुरुग्रामको सेक्टर ५३ मा रहेको सपिङ मलमा दिल्लीका एक कन्टेन्ट क्रिएटरविरुद्ध आक्रमण गरेको आरोप लागेको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार हरियाणा पुलिसले शुक्रबार यो जानकारी दिएको हो। उक्त आक्रमणको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार यादवविरुद्ध कुटपिट र ज्यान मार्ने धम्की दिएको आरोपमा जाहेरी दर्ता गरिएको छ।
गुरुग्रामका एसीपी सदर कपिल अहलावतले एफआईआर दर्ता भएको पुष्टि गर्दै अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएका छन्।
उनले यस विषयमा अनुसन्धान जारी रहेको र आवश्यक परे पक्राउ गर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ।
उजुरीकर्ता दिल्ली निवासी सागर ठाकुरले एल्विश यादवले 'आफ्नो मेरुदण्ड भाँच्ने प्रयास गरेको' र 'मार्ने धम्की दिएको' आरोप लगाएका छन्।
— Maxtern (@RealMaxtern) March 8, 2024I was brutally attacked and assaulted by @ElvishYadav, who openly issued death threats to me. All the evidence is available on the internet. But, When I went to the police station to file an FIR, the SHO lodged it under IPC 147, 149, 323, and 506. Unfortunately, these are… pic.twitter.com/UC2U4n1Gee
एल्विश यादव एक प्रसिद्ध युट्युबर र बिग बोस ओटीटीको दोस्रो सिजनका विजेता हुन्।
यसैबीच, एल्विश यादवले सामाजिक सञ्जाल एक्समा भिडिओ पोस्ट गर्दै आफ्नो स्पष्टीकरण दिएका छन् र सागर ठाकुरले आफूलाई ट्रोल गरेको आरोप लगाएका छन्।
My Side Of Story. pic.twitter.com/bRDK9Hxvp8
— Elvish Yadav (@ElvishYadav) March 9, 2024
Shares

प्रतिक्रिया