कला


कुटपिटको आरोपमा युट्युबर एल्विश यादवविरुद्ध जाहेरी दर्ता (भिडिओ)

कुटपिटको आरोपमा युट्युबर एल्विश यादवविरुद्ध जाहेरी दर्ता (भिडिओ)

नेपालखबर
फागुन २६, २०८० शनिबार १८:५६, काठमाडौँ

चर्चित युट्युबर एल्विश यादवलाई गुरुग्रामको सेक्टर ५३ मा रहेको सपिङ मलमा दिल्लीका एक कन्टेन्ट क्रिएटरविरुद्ध आक्रमण गरेको आरोप लागेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार हरियाणा पुलिसले शुक्रबार यो जानकारी दिएको हो। उक्त आक्रमणको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। 

समाचार एजेन्सी एएनआईका अनुसार यादवविरुद्ध कुटपिट र ज्यान मार्ने धम्की दिएको आरोपमा जाहेरी दर्ता गरिएको छ।

गुरुग्रामका एसीपी सदर कपिल अहलावतले एफआईआर दर्ता भएको पुष्टि गर्दै अहिलेसम्म कसैलाई पनि पक्राउ नगरिएको बताएका छन्। 

उनले यस विषयमा अनुसन्धान जारी रहेको र आवश्यक परे पक्राउ गर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। 

उजुरीकर्ता दिल्ली निवासी सागर ठाकुरले एल्विश यादवले 'आफ्नो मेरुदण्ड भाँच्ने प्रयास गरेको' र 'मार्ने धम्की दिएको' आरोप लगाएका छन्। 

एल्विश यादव एक प्रसिद्ध युट्युबर र बिग बोस ओटीटीको दोस्रो सिजनका विजेता हुन्।

यसैबीच, एल्विश यादवले सामाजिक सञ्जाल एक्समा भिडिओ पोस्ट गर्दै आफ्नो स्पष्टीकरण दिएका छन् र सागर ठाकुरले आफूलाई ट्रोल गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .