ad ad

कला


यी अभिनेता बन्ने भए नयाँ जेम्स बन्ड

यी अभिनेता बन्ने भए नयाँ जेम्स बन्ड

नेपालखबर
चैत ६, २०८० मंगलबार १४:५१,

आरोन टेलर जोनसन नयाँ जेम्स बन्ड बन्ने बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन्। ३३ वर्षीय अभिनेताले यसअघि किक–आस र एभेन्जर्सः एज अफ अल्ट्रेनजस्ता फिल्ममा काम गरेका छन्।

यद्यपि उनले औपचारिक रुपमा जेम्स बन्डको भूमिका सम्हाल्ने प्रस्ताव स्वीकार भने गरिसकेका छैनन्।

‘उनले स्वीकार गरे बन्ड अब आरोनको भयो,’ स्रोतलाई उधृत गर्दै द सनले लखेको छ। 

जेम्स बन्ड शृंखलाका फिल्म इओन प्रोडक्सनले बनाउँदै आएको छ। सो प्रोडक्सनले नयाँ बन्ड फिल्मको स्क्रिप्टमा काम गरिरहेको बताइएको छ।

आरोनले चाँडै सम्झौतामा हस्ताक्षर गर्ने र फिल्मको अघि बढ्ने प्रोडक्सनको अपेक्षा छ।

यसअघिका जेम्स बन्ड अभिनेता डेनियल क्रेगले यो शृंखला छाड्ने इच्छा व्यक्त गरेको धेरै भइसकेको छ। पछिल्लो पटक नो टाइम टु डाइ रिलिज भएपछि उनले त्यो आफ्नो अन्तिम जेम्स बन्ड फिल्म भएको बताएका थिए। 

उनले हात झिकेपछि अनेकौँ अभिनेताको नाम यो पात्रसँग जोडिएको थियो।

यसअघि सन कनरी, जर्ज लाजेन्बी, रोजर मुर, तिमोथी डाल्टन, पियर्स ब्रोस्नान र क्रेगले स्क्रिनमा यो पात्र बाँचेका थिए।

बन्ड शृंखला १९६२ को डा. नो सँगै सुरु भएको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .