बाबु साहेब बलामीको निर्देशनमा फिल्म ‘साम्राज्य’ को निर्माण घोषणा गरिएको छ। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक घोषणा गरिएको हो।
यस फिल्ममा भोजपुरी अभिनेता कुन्दन भारद्धाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भुमिकामा देखिनेछन्।
यो फिल्म नेपालसहित हिन्दी भाषामा रिलिज गरिने निर्देशक बलामीले फिल्म जानकारी दिए। हरिबहादुर घलेको छायाङ्कन रहने फिल्ममा शंकर अधिकारी ‘घायल’को गीत हुनेछ ।
अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानीमा बन्नेछ। यस इन्डो नेपाली फिल्ममा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ।
फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता हिरा बहादुर लेप्चाले बताए। एक्सन जनरामा निर्माण हुने जून ५ अर्थात जेठ अन्तिमबाट सुटिङ गरिनेछ।
Shares
प्रतिक्रिया