प्रदीप भट्टराई निर्देशित फिल्म 'महाजात्रा' बक्सअफिसमा आक्रामक व्यापार गरेको छ।
यस फिल्मले नेपालभरि दुई दिनमा ३ करोड ६० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको निर्देशक भट्टराईले जानकारी दिए।
पहिलो दिनमा १ करोड २३ लाख बम्पर ओपनिङ गरेको यस फिल्मको व्यापारमा शनिबार वृद्धि भएको देखिन्छ।
शनिबार फिल्मले १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।
आज पनि होलीको बिदा हुनाले फिल्मलाई दर्शकहरुको राम्रो साथ छ।
किनकि हलहरुमा अकुपेन्ची राम्रो देखिएको छ।
प्रदीपकै लेखन रहेको यस फिल्ममा विपिन कार्की, वर्षा राउत, रवीन्द्र झा, हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङ्देल, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।
बानियाँ कार्यकारी निर्माता रहेको फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्।
यो हिट फिल्म जात्रा र जात्रैजात्राको तेसो सिक्वेल हो।
Shares
प्रतिक्रिया