कला


इटहरीको बीएमसी छायांकन स्टुडिओमा ‘बलिदान’को भव्य सेट

इटहरीको बीएमसी छायांकन स्टुडिओमा  ‘बलिदान’को भव्य सेट

नेपालखबर
चैत २५, २०८० आइतबार १३:४९, काठमाडौँ

सन्तोष सेनको निर्देशनमा बन्ने फिल्म ‘बलिदान’को सेट डिजाइनको काम सुरु भएको छ।

फिल्मको कथामा आउने देश, काल र परिस्थिति दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौतीका बीच काम सुरु गरिएको निर्देशक सेनले जानकारी दिए।

तराईका रैथाने कला, संस्कृति र भूगोलसँग कथाको सम्बन्ध जोड्नुपर्ने र विश्व बजारमा देखाउनुपर्ने भएकाले व्यापक तयारी आवश्यक देखिएको सेनको भनाइ छ। 

त्यसका लागि पूर्वी नेपालको इटहरीस्थित बीएमसी छायांकन स्टुडिओमा भव्य सेट तयार भइरहेको उनले जानकारी दिए। सो स्टुडिओको उद्घाटन नै फिल्म बलिदानबाट हुने भएको हो। 

यो कामलाई निर्देशक सेनले 'बलिदानको महत्त्वपूर्ण प्रकरण' भनेका छन्।

'बलिदानका विभिन्न प्रकरणहरू छिचोल्दै अघि बढ्ने यात्रामा छौँ। अबको प्रकरण बलिदानको कथा संसारमा आउने देश, काल, परिस्थितिलाई दुरुस्त झल्काउने लोकेसन खोज्नुपर्ने चुनौती हो। लामो मेहनत, त्याग र तपस्याले सिर्जेको बलिदानको संसारलाई नेपालका तराई क्षेत्रका रैथाने कला, संस्कृति र भूगोलसँग जोड्नुपर्ने छ र विश्व बजारमा देखाउनुपर्ने छ। फिल्म निर्माणको उचाइ बढाउन यो बीएमसी स्टुडिओको ठूलो भूमिका हुनेछ।'

'बलिदान'बाट मुख्य अभिनेताका रूपमा समीर भट्टले डेब्यु गर्दै छन्।

समीर एक्सन हिरोका रूपमा चिनिने विराज भट्टका छोरा हुन्। फिल्ममा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नेछन्। 

सन्तोषको मेगा प्रोजेक्टका रूपमा रहेको यस फिल्मको टिजर छायांकनअगावै रिलिज भई व्यापक चर्चामा छ। देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए।

आसुसेन फिल्मस् प्रालि तथा सन्तोष सेनको प्रस्तुति रहने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र सहनिर्माता प्रेम पुरी हुन्।

यस फिल्मलाई नयाँ वर्ष २०८१ मा रिलिज गर्ने योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad