मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे बान्द्रामा बलिउड अभिनेता सलमान खानको घरबाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ।
घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ।
समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउन्ड फायरिङ भएको जानकारी पाएको हो।
अहिले सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली तैनाथ छ। गोली प्रहार भएको ठाउँमा चिह्न लगाइएको छ।
हेर्नुहोस् भिडिओ-
#WATCH | Mumbai, Maharashtra: Visuals from outside actor Salman Khan's residence in Bandra where two unidentified men opened fire this morning.
Police and forensic team present on the spot. pic.twitter.com/5vMmoXbI22 — ANI (@ANI) April 14, 2024
7.3k
Shares

प्रतिक्रिया