ad ad

कला


सलमानको घरमा गोली प्रहार गर्नेमा लरेन्स ग्याङको नाम

सलमानको घरमा गोली प्रहार गर्नेमा लरेन्स ग्याङको नाम

नेपालखबर
बैशाख ३, २०८१ सोमबार १३:१३, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाउने र गाेली चलाउन लगाउने व्यक्तिको बारेमा जानकारी पाएकाे दाबी भारतीय प्रहरीले गरेकाे छ।

आइतबार अभिनेता खानको मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्ट बाहिर गाेली प्रहार भएकाे थियाे। दैनिक भाष्करका अनुसार गाेली चलाउने व्यक्तिकाे पहिचान भएकाे हाे।

गोली चलाउने जिम्मा लरेन्स ग्याङका अनमोल बिश्नोई, गोल्डी बरार र रोहित गोदाराले लिएका छन्। सलमानको घर बाहिर गोली चलाउने व्यक्ति कालु (​​विशाल राहुल) हुन्, जो रोहित गोदारा गिरोहका हुन्।

मुम्बईमा सलमानको घर अगाडि भेटिएको सीसीटीभी फुटेजमा देखिएका व्यक्तिको अनुहारसँग सुटर कालुको अनुहार मिल्छ। सलमानको घर बाहिर कालुले गोली चलाएको आशंका छ।

यसअघि आइतबार एक फेसबुक पोस्टमा अमेरिकामा लुकेर बसेका ग्याङ्गस्टर अनमोल बिश्नोईले पुरानो दुश्मनीका कारण सलमान खानको घरमा गोली चलाएको लरेन्स बिश्नोई गिरोहले गरेको स्वीकार गरेका थिए।

सुरुमा प्रहरीले पनि यो फेसबुक पोस्टलाई गम्भीरताका साथ लिएको थिएन, तर सीसीटीभी फुटेजमार्फत गोली प्रहार गर्नेहरूको अनुहार खुल्नेबित्तिकै सबै खुल्न आएको हो।

यसैबीच, सोमबार यो मुद्दा मुम्बई अपराध शाखामा हस्तान्तरण गरिएको थियो। अपराध महाशाखाका १० टोली यस घटनाको अनुसन्धानमा व्यस्त छन्। प्रहरीले यस घटनामा दुई दर्जनभन्दा बढी सीसीटीभी फुटेज जाँच गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .