शुक्रबार विश्व चर्चित चलचित्र निर्देशक रोमन पोलन्स्कीले उत्कृष्ट निर्देशक र बेस्ट एडाप्टेड स्क्रिनप्लेको अवार्ड प्राप्त गरेका थिए।
८६ वर्षका पोलन्स्कीलाई ‘एन अफिसर एन्ड अ स्पाई’ चलचित्र बापत् अवार्ड प्रदान गरिएको थियो। तर विवादित व्यक्तिले अवार्ड प्राप्त गरेको भन्दै फ्रान्सेली कलाकारहरुले अवार्ड बहिष्कार गरेका थिए।

अभिनेत्री एडिली हेनल
— CANAL+ (@canalplus) February 28, 2020A l'annonce du César de la Meilleure Réalisation pour Roman Polanski ("J'accuse"), Adèle Haenel quitte la salle.
Le meilleur des #César2020 > https://t.co/ipnVwouBeV pic.twitter.com/7xa0CTbU3H
फ्रान्सेली अभिनेत्री एडिली हेनलले गतवर्ष आफू बालिका हुँदा पोलेन्स्कीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्। शुक्रबार पोलेन्स्कीले अवार्ड जितेको घोषणा भएपछि उनी कार्यक्रबाट तत्काल बाहिर निस्किएकी थिइन्।
उनले घृणित व्यक्तिले अवार्ड जित्नु लज्जाको विषय भएको प्रतिक्रिया जनाएकी थिइन्। पोलेन्स्कीले सन् १९७७ मा अमेरिकामा एक १३ वर्षकी किशोरीलाई बलात्कार गरेको पुष्टि भएको थियो।


प्रतिक्रिया