कला


बक्सअफिसमा इतिहास रच्ने बाटोमा ‘१२ गाउँ’

बक्सअफिसमा इतिहास रच्ने बाटोमा ‘१२ गाउँ’

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १५:५, काठमाडौँ

विराज भट्टको फिल्म ‘१२ गाउँ’ बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। विराजका छोरा समीर भट्टको डेब्यु फिल्मले हालसम्म २३ करोड ५० लाखको व्यापार गरेको फिल्मका वितरक गोविन्द्र शाहीले जानकारी दिए।

‘फिल्मलाई दर्शकहरुले निकै मन पराएका छन्। हिजो १९ औं दिनसम्म फिल्मले २१ करोड ५० लाख ग्रस कलेक्सन गरिसकेको छ। आज नी बिहानैदेखिकै शोहरु हाउसफुल छन्। तिहारसम्म भिडभाड हुने भएकाले फिल्मले लाइफटाइम ३०/३२ करोड कमाइ गर्न सक्छ,’उनले भने।

एक्सनप्रधान यस फिल्मले दर्शकहरूबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको छ। विशेषगरि, एक्सन हिरोको रुपमा उदय भएको भन्दै समीरले तारिफ बटुलिरहेका छन्।

यो समिरको डेब्यु फिल्म हो। समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्।

फूलपातीको अवसरमा असोज २४ गतेबाट ‘१२ गाउँ’ सहित ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ रिलिज भएका थिए। सुरुवातीमा हिट फ्रेन्चाइज भएकाले ‘छक्का पञ्जा ५’ ले बढी शो पाएको थियो। यस फिल्मले २२१ शो पाउँदा ‘१२ गाउँ’ ले १३५ र ‘ज्वाइँ साब’ ले ९४ शो पाएका थिए। जसले ‘छक्का पञ्जा ५’ इनिसियल व्यापार बढी भयो।

तर, दसैँ बिदा सकिएसँगै ‘छक्का पञ्जा ५’ लाई शोमा ‘१२ गाउँ’ ले पछि पारेको थियो। मल्टिप्लेक्ससहित सिंगल थिएटरमा ‘छक्का पञ्जा ५’ को भन्दा ‘१२ गाउँ’को बढी शो देखिन्छन्।

व्यापारको यो गति हेर्दा लाइफटाइम कलेक्सनमा ‘१२ गाउँ’ ले ‘कबड्डी ४’ को रेकर्ड तोड्ने निश्चित छ। ‘कबड्डी ४’ नेपालकै हालसम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म हो। यस फिल्मले नेपालभर जम्मा २५ करोड हाराहारीमा कमाइ गरेको निर्माण टिमको दाबी छ। रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मुख्य भूमिका थियो।

विराजकै निर्देशनमा बनेको यस फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्।

फिल्ममा विराजसहित मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर (इकु) लगायतको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad