ऋचा घिमिरेको फिल्म ‘तेल भिसा’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा नेपालमा भएका आमाबुवा र विदेशमा भएका छोराबुहारीबीच सम्बन्धको कथा समेटिएको छ।
नेपालमा रहेकी आमा सुत्केरी बुहारी स्याहार्न विदेश गएको र अमेरिका पुगेपछि सासुले भोग्नुपरेको कानुनी झमेला वरिपरि ट्रेलर घुमेको छ। विपिन कार्की र वर्षा राउतको मुख्य भूमिका रहेको फिल्मले डायस्पोराको ममस्पर्शी कथाबारे वकालत गर्छ।
दोहोरो चरित्रमा देखिएका विपिन बुवा र छोराको भूमिकामा छन्। पूजा चन्द्र भने आमाको भूमिका निर्वाह गरेकी छिन्। ऋचा घिमिरे भने वकिलको भूमिकामा देखिएकी छिन्।
यस फिल्मलाई ऋचाका श्रीमान शंकर घिमिरेले निर्देशन गरेका हुन्। यस फिल्ममा विपिन, वर्षा, पूजा र ऋचासहित बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती र अनिल पाण्डेको समेत अभिनय छ।
अनिल पाण्डे र शिवराज कार्की निर्माता रहेको फिल्मलाई नेपालसहित अमेरिकाको मेरिल्यान्डमा खिचिएको हो।
शंकर घिमिरेकै लेखन रहेको यो फिल्म मंसीर ७ गतेबाट प्रदर्शन हुँदैछ।
Shares

प्रतिक्रिया