कला


सगरमाथा आरोहण गर्दै ‘एक्लो’ की नायिका कविता नेपाली

सगरमाथा आरोहण गर्दै ‘एक्लो’ की नायिका कविता नेपाली

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १८:२६, काठमाडौँ

चलचित्र ‘एक्लो’ की नायिका कविता नेपालीले संसारकै अग्लो शिखर सगरमाथा आरोहण गर्ने भएकी छन्। यतिबेला उनी सगरमाथा आरोहणको लागि आवस्यक पूर्व तयारीमा रहेकी छन्।

डान्सिङ्ग रियालिटी शोको विजेता बनेकी नेपालीले सय भन्दा बढी म्युजिक भिडिओ,वेव सिरिजमा काम गरि सकेकी छन्। उनी अभिनित पहिलो चलचित्र एक्लोको छायांकन सकेर युकेमा पोस्ट प्रोडक्सनको कार्य भईरहेको छ।

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको चलचित्र एक्लोको छाया‌ंकनको लागि अपर मुस्ताङमा पुग्दा कविता नेपालीलाई सगरमाथा चढ्ने सोच पलाएको बताईन्। सगरमाथा चढ्नु अघि अन्य हिमालहरु चढ्नु पर्ने र आवस्यक तालिम समेत लिनु पर्ने भएकोले उनी अहिले तयारीमा जुटेकी हुन्। उनी अहिले सगरमाथा बेस क्याम्पमा तयारी गर्दै छिन्।  

‘सगरमाथा चढ्नु जोखिम काम हो अझै महिलाहरुको लागि त् झन् जोखिम हो। जोखिम काम सफलता गरेर नै आफ्नो र देशको नाम राख्ने हो’ उनी भन्छिन्।

कविता नेपालीलाई सगरमाथा चढ्न चलचित्र एक्लो निर्माण टिमले पनि आवस्यक सहयोग गर्ने चलचित्रका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले बताए।

प्रदीप शाहीको निर्देशनमा बनेको चलचित्र एक्लोमा कविता नेपाली संगै प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, सुरज सिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad