कला


अभिनेता पल शाहको बिहे हुन लागेको हो? यस्तो छ उनको स्पष्टीकरण

अभिनेता पल शाहको बिहे हुन लागेको हो? यस्तो छ उनको स्पष्टीकरण

फाइल तस्बिर


नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १३:४३, काठमाडौँ

केही दिनदेखि अभिनेता पल शाहको बिहे हुन लागेको खबर निकै चर्चामा छ। 

टिकटकदेखि रिल्ससम्म पलकै बिहेको खबर भाइरल छन्। केही युट्युबरले त उनको बिहे माघमा हुन लागेको दाबी गर्दै समाचार सम्प्रेषण गरेका छन्। 

बिहेको खबर फैलिएसँगै यतिखेर पललाई देश विदेशबाट बधाईको ओइरो आइरहेको छ। जसको कारण अभिनेता पल शाह स्पष्टीकरण नै दिन बाध्य भएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जालमा बिहेको हल्लाको खबरले आफैँ चकित परेको उल्लेख गरेका छन्। साथै यस खबरमा कुनै सत्यता नभएको उनको दाबी छ। 

‘मेरो बिहेको खबरले म आफैँ चकित छु। साथीभाइहरूले गर्नुभएको चिन्ता र चासोको कदर गर्दछु। तर, यहाँहरूलाई स्पष्ट होस्, यो खबरमा कुनै सत्यता छैन,’ उनले फेसबुकमा लेखेका छन्।
 
पलको आगामी फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad