चलचित्र विकास बोर्डले प्रदर्शनको तयारीमा रहेका नेपाली फिल्मको प्रचार सुरू गरेको छ।
बोर्डका अध्यक्ष दिनेश डीसीले रिलिजको तयारीमा रहेका नेपाली फिल्महरुको प्रचारात्मक भिडिओ सामग्री सार्वजनिक गरेका हुन्।
उक्त भिडिओमा आगामी एक महिनामा रिलिज हुने फिल्मको सेड्युल छ। जसमा पुस २६ गतेबाट रिलिज हुने ‘कार्साङ’ देखि ‘फिरफिरे फिरीरी’, ‘केटी हराएको सूचना’ र ‘एक्टर’ समावेश छन्। जहाँ प्रदर्शनमितिसहित पोस्टर समेत राखिएको छ।
साथै डीसीले नेपाली निर्माता र वितरकहरुसँग फिल्मको प्रदर्शन मितिबारे जानकारी दिन समेत आग्रह गरेका छन्।
उनले भिडिओ सेयर गर्दें लेखेका छन्, ‘अब प्रदर्शनको तयारीमा रहेका स्वदेशी चलचित्रहरुको प्रदर्शन मिति उल्लेख गर्दै एउटा जानकारीमुलक दृष्य सामाग्री बोर्डले प्रचार गर्ने भएकोले कृपया यसबारे बोर्डलाई जानकारी गराई सहयोग गर्न हुन सम्पूर्ण निर्माता तथा वितरकहरुलाई अनुरोध छ।’
Shares

प्रतिक्रिया