कला


सेभेज सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार

सेभेज सिजले किन्यो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार

नेपालखबर
पुस २४, २०८१ बुधबार ११:१८, काठमाडौँ

बहुप्रतिक्षित फिल्म ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ। 

प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको ‘सेभेन सिज इन्टरनेशनल फिल्म्स्’ले अमेरिका, अस्ट्रेलिया र मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाको लागिसमेत अधिकार लिएको छ।

यस्तै, दक्षिण कोरियाको लागि ‘पाँचथर सेवा समाज,’ क्यानडाको लागि ‘एमजिपी इन्टरटेनमेन्ट,’ ‘आँगन इभेन्ट,’ र आई र ‘यू इन्टरटेनमेन्ट’ले खरिद गरेका छन्। युकेबाहेकका युरोपियन देशहरूमा ‘मामा इभेन्टस्’ र ‘गुरुङ केएनएस इन्टरटेनमेन्ट,’ र जापानमा ‘सेवा एलएल कम्पनी’ले ‘ऊनको स्वीटर’ प्रदर्शन गर्ने चलचित्रका निर्देशक नवीन चौहानले बताए। 

यी सबै देशहरूमा नेपालको मितिमा नै एकसाथ रिलिज हुने निर्देशक चौहानले जनाए। यो फिल्म २०८२ सालको वैशाख २६ गते रिलिज हुँदैछ। 

१२ दिन अघि रिलिज भएको गीत ‘मखमली’ले रिलिजको १० दिनसम्म लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको थियो। हाल यो गीत करिब ४० लाख भ्यूजसहित नेपालमा दोस्रो स्थानमा छ। नेपालमा मात्र नभई यो गीत नेपालीहरूको उल्लेख्य बसोबास रहेका माल्टा, कतार, अस्ट्रेलिया, युएई, कुवेत लगायतका देशहरूमा पनि ट्रेन्डिङको शीर्ष स्थानसम्म पुगेको थियो।

यो चलचित्र घोषणाताका सार्वजनिक गरिएको ‘फूल’ शीर्षकको गीत १ करोड ६० लाख माथि भ्यूज सहित चर्चामै छ। यी दुवै गीतका गायक तथा सङ्गीतकार प्रसिद्ध गायक तथा सङ्गीतकार सुजन चापागाईँ हुन्।

आर्टमाण्डू प्रालिको निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो। चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ।

फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad