कला


कार दुर्घटनामा परे भारतीय अभिनेता अजित कुमार

कार दुर्घटनामा परे भारतीय अभिनेता अजित कुमार

नेपालखबर
पुस २४, २०८१ बुधबार १३:२२, काठमाडौँ

भारतीय अभिनेता अजितकुमार दुर्घटनामा परेका छन्। अजित दुवईमा कार दुर्घटनामा परेको बताइएको छ।

यतिबेला सामाजिक सञ्जालमा उनको कार दुर्घनाको भिडिओ भँइरल भइरहेको छ। जसमा अजिरले कार हाकिरहेका छन्। उनको कार भित्तामा ठोक्किएको देखिएको छ। यद्धपी, उनलाई चोटपटक नलागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। 

अजित कार रेसमा सहभागी हुन दुबई पुगेका थिए। जसका लागि उनले ६ घण्टा लामो प्रशिक्षण लिइरहेका थिए। प्रशिक्षण सकिनुअघि उनको कार भित्तामा ठोक्किएको हो। 

दुबईमा हुने २४ एच दुबई २४ एच दुबई २०२५ रेसमा भाग लिँदैछन्। अजित रेस टिमको मालिक पनि हुन्। उनी आफ्नो साथी मैथ्यू डेट्री, फैबियन डफिक्स र क्यामरन मैकलियोडसँग ९९९ क्लासमा पनि सहभागी हुनेछन्।

अजितकुमार कार र बाइक चलाउन सौखिन छन्। डेढवर्षअघि अजित बाइक चलाएरनै नेपाल घुम्न आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad