कला


पुस २८ गतेबाट सुरु हुँदै ‘थाहा फिल्म फेस्टिभल २०२५’

पुस २८ गतेबाट सुरु हुँदै ‘थाहा फिल्म फेस्टिभल २०२५’

नेपालखबर
पुस २५, २०८१ बिहिबार १६:४५, काठमाडौँ

‘थाहा फिल्म फेस्टिभल २०२५’ को दोस्रो संस्करण आयोजना हुने भएको छ। मकवानपुरको थाहा नगरपालिकामा पुस २८ गतेबाट सुरू हुने महोत्सव माघ १ गतेसम्म चल्नेछ।

तीनदिने फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसहित जम्मा २० फिल्म प्रदर्शन गरिनेछन्। महोत्सवमा सहभागिताका लागि पेस भएका ४६ फिल्ममध्येबाट जम्मा २० फिल्म छानिएको आयोजक थाहा कला केन्द्रले जनाएको हो।

थाहा नगरपालिकास्थित बज्रबाराहीमा आयोजना हुने यस महोत्सवमा पखेटा, टुल्की, बाटो, लाखे, सतिदेवी, मोदीवेनी लगायतका फिचर फिल्म प्रदर्शन हुनेछन्। सर्ट फिल्मतर्फ बेली, अन्तवार्ता, द रोप अफ होप, निर्देश, दुई सय रुपैयाँ, खिल लगायत छन्।

यस्तै, डकुमेन्ट्रीतर्फ हिउँ चितुवा, गर्ल्स रिराइटिङ डेस्टिनी लगायत रहेका छन्। महोत्सवमा फिल्म प्रदर्शनीसँगै ‘फिल्म समीक्षा’ ‍र ‘नेपाली सिनेमाको विविधता’ जस्ता समसामयिक विषयमाथि छलफल हुँदैछ।

पर्यटकीय गन्तव्यका रूपमा परिचित र सांस्कृतिक रूपमा पनि धनी थाहा नगरपालिका फिल्म छायांकनका लागि रोजाइमा पर्ने थलो हो। पर्यटनका लागि चलचित्र नारासहित आयोजना हुँदै आएको यस महोत्सवले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्यसमेत लिएको छ।

महोत्सव संयोजक प्रमोदकृष्ण जोशी भन्छन्, ‘काठमाडौँ र हेटौंडाजस्ता सहरको नजिकै रहेर पनि थाहा नगरपालिकामा हालसम्म कुनै सिनेमा हल सञ्चालनमा छैन। त्यसकारण सहजै सिनेमा हेर्न नपाउने यहाँका दर्शकलाई लक्षित गरी यो महोत्सव आयोजना गरिएको हो।’

उनी थप्छन्, फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटन पनि फस्टाओस् भन्ने हाम्रो उद्देश्य हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad