दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘महाभोज’को छायांकन सुरु भएको छ।
४५ दिनको तालिकासहित मंगलबार पोखराको घाचोकमा सुटिङ सुरु भएको हो।
चलचित्रको पहिलो सट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिए।
गत साता काठमाडौँमा क्यामेरा तथा चलचित्रको स्क्रिप्ट पूजा गरिएको थियो।
यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्रसिंह कुशवाहलगायतको अभिनय छ।
आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको निर्देशक राउतले समाजमा हुने विश्वासघात र भ्रष्टाचारविरुद्धको कथामा ‘महाभोज’ बनाइरहेको जनाए।
चलचित्रलाई क्लक वर्क क्रियसन र पिक्चर फ्रेमले संयुक्त निर्माणमा बन्ने फिल्मका निर्माता हिमाल कडरिया हुन्।
विकास सुवेदीले लेखेको फिल्मको छायाकार राजेश श्रेष्ठ हुन्।
Shares

प्रतिक्रिया