९६औँ अस्कर अवार्डमा नेपालबाट सिफारिस भएको चलचित्र ‘हल्कारा’ नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ। यसमा फिल्मलाई विश्वभरबाट हेर्न सकिन्छ।
गत वर्ष नेपालमा रिलिज भएको यो चलचित्र उत्कृष्ट समीक्षा प्राप्त गरेको मध्ये एक हो। यो फिल्म अमेरिकाको लस(एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको थियो।
साथै ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो।
नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनल सम्म पुगेको थियो। त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो।
‘हल्कारा’ को लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। फिल्ममा विप्लव प्रतीक र आकाश बरालले सहलेखन छ।
महेशसहित बिनिता मगरको मुख्य भूमिका रहेको फिल्ममा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ।
Shares

प्रतिक्रिया