दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुखी आत्मा’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ। युट्युबको मुभिज सेक्सनको ट्रेन्डिङमा रहेको फिल्मको ट्रेलरले दर्शकको उत्साहजनक साथ पाइरहेको छ।
हाल फिल्मको ट्रेलर युट्युबको मुभी सेक्सनको ट्रेन्डिङ नम्बर ४ मा छ। सोमबार सार्वजनिक फिल्मको ट्रेलर ३ घन्टामै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो। फिल्मको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले मन पराइरहेका छन्।
यस्तै, फिल्मको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ। दीपेन्द्र लामाकै लेखन रहेको फिल्ममा हिमाल कडरियाको लगानी छ। फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, दीया मास्के, वुद्दि तामाङ लगायतको अभिनय छ।
सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्मले यौन दुर्बलताको कथा भन्छ। दर्शकले नायक दयाहाङ राइको फरक भूमिका रहेकाले पनि फिल्म हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन्। यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसरमा रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया