अभिनेत्री पशुपति राईको निर्देशनमा नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुने भएको भएको छ। यो नाटक थापागाउँस्थित मण्डला थिएटरमा फागुन ९ गतेदेखि मञ्चन हुन लागेको हो।
राईकै परिकल्पना रहेको नाटकलाई मिल्सन राईले लेखेका हुन्। यो नाटक लोक कथा र मिथकबाट प्रभावित छ। यस नाटकले माझ किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथालाई बोकेको छ।
जसले मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहार कसरी सुस्तरी प्रवेश गर्यो र यसले व्यवहारगत रुपमा कसरी आफ्नो विचार हावी गरायो भन्ने कथासार बोल्ने निर्माणटिमले जनाएको छ।
मण्डला थिएटरले घोषणा गरेको सात निर्देशकमध्येको यो पाँचौ नाटक हो। निर्देशक राईले ‘लोककथालाई आफ्नो संस्लेषणसहित नाटक पुनः सिर्जना गरिएको’ बताइन्।
मण्डला थिएटरको तर्फबाट रंगकर्मी तथा कलाकार विजय बरालले निर्माण गरेका छन्। पछिल्लोपटक निर्माता य बराल नाजिर हुसेनको लेखन निर्देशनको नाटक ‘हरि हजुरबा’मा मुख्य भूमिकामा देखिएका थिए।
‘अभिनयसँगै मञ्चमा त आइरहेको नै छु, साथै रंगमञ्चका सुन्दर सिर्जनाहरुमा निर्माताका रुपमा सिर्जनात्मक र प्राविधिक जिम्मेवारी पनि लिइरहेको नै हुँ, यसपटक देखिनेगरी नै लेम्लेम्मा छु। यसलाई साथ दिनुहुन सम्पूर्णलाई आग्रह गर्दछु,’ उनले भने।
यस नाटकमा ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान, रोशनी स्याङ्बो, प्रायदीप राई, दिग्गज खत्री, युवाहाङ राई, बलबहादुर राई र रमिला मोक्तानको अभिनय हुनेछ। चैत ३ गतेसम्म चल्ने नाटकलाई रोशनी स्याङ्बोले सह–निर्देशन गरेकी छिन्।
Shares

प्रतिक्रिया