कला


हरिवंशको आवाजमा ‘भूठान’को मोसन पोस्टर सार्वजनिक

हरिवंशको आवाजमा ‘भूठान’को मोसन पोस्टर सार्वजनिक

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १३:१, काठमाडौँ

हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’ को मोसन पोस्टर सार्वजनिक भएको छ।

मोसन पोस्टरमा हरिवंशको आवाज सुन्न सकिन्छ। मोसन पोस्टरमा जीवनका फरकफरक समयको व्याख्यालाई कवितामार्फत प्रस्तुत गरिएको छ।

कवितामा कहिले छोरो, कहिले बाउ, कहिले ऋणी, कहिले साहु, कहिले ताली, कहिले गाली, कहिले भरी, कहिले खाली, कहिले सोझो त कहिले जाली भएको कुराहरु समावेश छन्।

निर्माता अविरल थापाको शब्द रहेका कविताले मानिसले समयअनुसार निर्वाह गर्नुपर्ने फरफ-फरक भूमिकाबारे बताउँछ। हरिवंशको आवाजमा वाचन कविता निकै मार्मिक सुनिन्छन्।

त्यस्तै अन्तिममा ती पात्रले ‘आमा के म फेरि जन्मिन्छु’ भन्दै प्रश्न गरेका छन्। 

पोस्टरमा हरिवंशको क्यारेक्टर लुक समेत देख्न सकिन्छ।

फिल्मको टिजर फागुन ९ गते सार्वजनिक गरिँदै छ।

विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार , ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेन लगायतको अभिनय छ।

साथै यस फिल्ममा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन्।

फिल्मले भुटानदेखि भारत, नेपालहुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोज समेटेर बनेको हो।

यस फिल्मको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो। अंग्रेजीमा ‘द वर्ल्ड्स् ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्म वैशाख १२ गते रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad