फिल्म ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ। ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने यस फिल्मको बुधबार शुभमुहूर्त गरिएको हो।
च्यासलस्थित सेटमा मुहूर्त सटसँगै चलचित्रको छायांकन पन थालिएको निर्देशक पौडेलले जानकारी दिए।
निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त गरिएको हो।
करिब एक हप्ता काठमाडौँमा छायांकन गरेपछि निर्माण युनिट बाँकी सुटिङका लागि स्याङ्जा जानेछ।
फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्धव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत छन्।

चलचित्र महिलाप्रधान रहेको बताइएको छ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र किशोर अनुरागको निर्माताको रुपमा रहनेछन्।
कार्यकारी निर्मातामा दिनेश खड्का रहनेछन्।
बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्।
चलचित्रमा संगीत रिदम कँडेल र आशिष अविरलको रहनेछ। कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन्।
यस फिल्मको रिलिज २०८२ मा हुने बताइएको छ।
‘पूर्ण बहादुरको सारंगी’का निर्देशकले निर्देशन गर्ने भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षीत हुनेछ।
सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारंगी’ले नेपालमा मात्रै करिब ५० करोड ग्रसकलेक्सन गरेको थियो।
Shares

प्रतिक्रिया