कला


‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले फिल्म ‘अभिमन्यु’ बनाउने

‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले फिल्म ‘अभिमन्यु’ बनाउने

नेपालखबर
फागुन १८, २०८१ आइतबार १२:५६, काठमाडौँ

सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ बनाउने घोषणा गरेका छन्। 

आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन्। यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ। विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ। अब सिनेमा कस्तो बन्छ भन्ने दर्शकमा उत्सुकता जगाउने निश्चित छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन्। चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन्।

चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सहनिर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन्। चलचित्रको कलाकार र कथावस्तुबारे निर्माणपक्षले विस्तृत जानकारी गराएको छैन।

निर्माता पौडेल फरक धारका सिनेमा बनाउन रुचाउने भएकाले ‘अभिमन्यु’ मा स्टार कलाकार रहनेछन् वा नयाँ अनुहारलाई अवसर दिनेछन् भन्ने प्रष्ट छैन। तर, उनी नयाँ निर्देशक र अन्डरगड कलाकारलाई स्थान दिने निर्माता भएकाले स्टार कलाकार यो चलचित्रमा अनुबन्ध गर्ने सम्भावना न्यून छ।

नयाँ अथवा गुमनाम अुनहारमार्फत नयाँ कथा भन्दा दर्शकलाई कथा कन्भिन्स गर्न सहज हुने धारणा राख्ने पौडेलले सोही अनुसार कलाकार अनुबन्ध गराउने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad